कांग्रेसले पनि सरकार बनाउने !

६ बर्ष अगाडि


काठमाडौं–  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भइसकेको अवस्थामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि संसदमा छाया सरकार बनाउने तयारी गरेको छ । 

सरकारका कामकारवाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले संसदमा छाया सरकार बनाउन लागेको हो । 

कांग्रेसले छाया सरकार गठनको खाका सहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ ।  कांग्रेस संसदीय दलको बैठक सिंह दरबारमा चलिरहेको छ । 

 संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिए । 

 छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्ना मन्त्रालय अन्र्तगत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । छाया सरकार गठन प्रदेश स्तरमा पनि गरिने नेता थापाले जानकारी दिए । 

अर्का नेता बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बद्र्धनका लागि कांग्रेसले प्रतिनिधि र राष्ट्रिय दुवै सभामा शसक्त भुमिका निर्वाह गर्ने बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया