बहुद्देश्यीय खेल मैदान बन्दै

बैशाख २१, २०७७ | आजको अर्थ
ajaako_artha

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा बहुउद्देश्यीय खेल मैदान निर्माणको काम अघि बढेको छ । गलकोट–६ जोइनीडाँडा र ताराखोला–४ दोगाडीमा स्तरीय खेल मैदान बन्नेछ । जोइनीडाँडामा शुक्रबारदेखि जग्गा सम्याउन थालिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए ।

खेल मैदानका लागि चालू आवमा नगरपालिकाले रु चार लाख बजेट छुट्याएको थियो । अपुग बजेट थप गरी आउँदा वर्षमा खेल मैदानलाई स्तरवृद्धि गर्दै लगिने वडा कार्यालयले जनाएको छ । खेल गतिविधि सञ्चालनसँगै सार्वजनिक समारोहका लागिसमेत मैदान उपयोगी हुने ठानिएको छ ।

मैदान बनेपछि भलिबल, ब्याडमिन्टनलगायत खेल प्रतियोगिता गर्न सहजता हुनेछ । ताराखोलामा पनि स्थानीय तहस्तरको खेल मैदान दोगाडीमा बन्ने भएको हो । बहुद्देश्यीय खेल मैदानका लागि चालू आवमा गाउँपालिको रु ४० लाख बजेट छ । 

“सम्झौता टुङ्ग्याएर आइतरबादेखि नै काम शुरु गर्ने तयारीमा छौँ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, “गाउँपालिकाको केन्द्र पर्ने गरी दोगाडीलाई रोज्यौँ ।” उनले सुविधा सम्पन्न र स्तरीय खेल मैदान बनाइने उल्लेख गरे ।

गाउँपालिकाले खेल मैदानका लागि केही निजी जग्गासमेत खरिद गरेको छ । खेल मैदान बन्ने अधिकांश जग्गा भने सार्वजनिक छ । खेल मैदान निर्माण गाउँपालिकाको बहुवर्षीय योजनामा छ । पूर्वाधार अभावमा जिल्लाको खेलकूद पछाडि छ । खेल क्षेत्रको विकासका लागि सरकारले पनि ‘एक स्थानीय तह, एक खेल मैदान’को नीति लिएको छ । 

खेलाडीलाई राहत

कोरोनाका कारण समस्या झेलिरहेका जिल्लाका १६ खेलाडीलाई आज राहत वितरण गरिएको छ । जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष धनबहादुर परियार र बागलुङ नगरपालिका–१ को वडा कार्यालयले राहत सामग्री प्रदान गरेको हो ।

बन्दाबन्दीले खेल प्रतियोगिता गुमाएका खेलाडीको जीवनयापनमा सघाउन खाद्यान्न सामग्री सहयोग गरिएको समितिका पूर्वअध्यक्ष परियारले बताए । परियारले १६ बोरा चामाल र वडा कार्यालयले दाल, तेल, नून, साबुनलगायतका सामग्री उपलब्ध गराएको हो ।

वडाध्यक्ष दुर्गाबहादुर बोहोराको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । तेक्वान्दोका आठ, कराँतेका चार, उसुका दुई, फुटबल र सुटिङका एक÷एक गरी १६ खेलाडीले राहत पाएको जनाइएको छ । समस्या भएमा निसङ्कोच राहतका लागि सम्पर्क गर्न सबै खेलाडीमा आग्रह गरिएको वडा सदस्य सूर्य लामिछानेले बताए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८