बन्दाबन्दीमा नै शुरु भयो जोरपाटी–सुन्दरीजल सडक पिच

३ बर्ष अगाडि

कोरोना महामारीको सङ्क्रमण फैलिन नदिन जारी बन्दाबन्दीका बीच पनि विकास निर्माणलाई निरन्तरता दिने सरकारको नीतिअन्तर्गत जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तार शुरु गरिएको छ ।

काठमाडौँ उपत्यकाकै साँघुरो सडकमध्ये एक उक्त सडकको विस्तारका लागि ठेक्कापट्टाको काम सम्पन्न गरी ढलको पाइप बिछ्याउने र सडक क्षेत्रमा परेका रूख कटानको काम सुरु भइसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल लम्बाइ सात किलोमिटर रहेको सो सडक खण्डको विस्तारका लागि दुईवटा ठेक्कामा काम भइरहेका छन् । कुल लागत ६० करोड रुपियाँमा उक्त सडक खण्डको विस्तार गरिनेछ । उक्त सडक विस्तारको जिम्मा आशिषरसीएम ९जेभी०ले पाएका छन् ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले विगत लामो समयदेखि सवारी जामको समस्या भोग्दै आएको जोरपाटी–सुन्दरीजल सडक खण्डको विस्तारका लागि ठेक्कापट्टा सम्पन्न भई काम सुरु भइसकेको जानकारी दिए । 

आजको गोरखापत्र दैनिकबाट
 

३ बर्ष अगाडि

प्रतिक्रिया