चीनकी महँगी अभिनेत्री बेपत्ता, गिरफ्तारमा परेको हाे त ?

५ बर्ष अगाडि

हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन् । चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ । अभिनेत्री फानले आफ्नो सोसल एकाउन्टमा अन्तिमपटक जुलाई २०१८ मा स्टाटस पोस्ट गरेकी थिइन् ।

फान बिङ बिङ चीनकी सबैभन्दा महँगी अभिनेत्री हुन् । चिनियाँ मिडियाका अनुसार अभिनेत्रीले केही नयाँ व्यापार गर्नका लागि बैंकबाट ऋण लिएकी थिइन् । समयमा ऋण चुक्ता गर्न नसकेका कारण उनी गिरफ्तारमा परेको हुन सक्ने आशंका पनि गरिएको छ ।

फान बिङ बिङले ‘एक्स म्यान’बाहेक केही ठूला फिल्ममा पनि काम गरेकी छिन् । सबै फिल्मबाट उनले दर्शकको राम्रो प्रशंसा पाएकी थिइन् । उनी सन् २०१७ मा सबैभन्दा बढी हेरिने स्टारमा पहिलो नम्बरमा परेकी थिइन् । -नयाँ पत्रिकाबाट

५ बर्ष अगाडि

प्रतिक्रिया