नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालन

३ बर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । 

वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।  

गएरातिदेखि अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ जलबिरेमा आज बिहान १०ः२० बजे गएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड दुईतर्फी रुपमा सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

पहिरोका कारण बाटो अवरुद्ध हुँदा लकडाउनका बेला चलेका अत्यावश्यक सवारी साधन राजमार्गमा नै अलपत्र परेका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया