निजी क्षेत्रले भन्यो – ‘कामदारलाई शतप्रतिशत तलव दिन सक्दैनौं’

३ बर्ष अगाडि

काठमाडौं – सरकारले लकडाउनका कारण उद्योग व्यवसाय ठप्प भएपनि रोजगारदाताले श्रमिकहरुलाई बैशाखको तलव शतप्रतिशत दिनुपर्ने बताएको थियो । तर, रोजगारदाताहरुले श्रमिकहरुलाई शतप्रतिशत तलव दिन नसकिने बताएका छन् । 
सरकारले अहिले ५० प्रतिशत र व्यवसाय सुरु भएपछि ५० प्रतिशत गरि शतप्रतिशत तलव दिनुपर्ने निर्णय गरेको थियो । साथै, तलव दिन समस्या भएपनि सस्तो व्याजमा कर्जा दिने निर्णय पनि भएको छ । तर, रोजगार दाताहरुले कुनै पनि माध्यमबाट शतप्रतिशत तलव दिन नसकिने बताए । 
लकडाउनका कारण सम्पुर्ण व्यवसाय ठप्प भएको अवस्थामा शतप्रतिशत तलव दिन कठिनाई हुने उनीहरुको भनाइ छ । यस अवधीको अधिक्तम ५० प्रतिशत मात्रा तलव खुवाउन सकिने उनीहरुको भनाइ छ ।
यसै सन्दर्भमा नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले संयुक्त पे्रस विज्ञप्ती जारी गर्दै तलवको बिषयमा पुनरचिार गर्न सरकारलाई आग्रह गरेका छन् । साथै, बिगतमा निजी क्षेत्रले दिएको सुझावको बिषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताइएको छ । 

विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम गर्न सरकारले  देशभर लागू गरेको लकडाउनको कारण सम्पूर्ण उद्योग व्यवसाय क्षेत्र ठप्प हुन गएको स्थितिमा उद्योग व्यवसाय क्षेत्रले विभिन्न समस्याका साथै आप्mना श्रमिकहरूलाई पारिश्रमिक भुक्तानी गर्न समेत अप्ठ्यारो परेको उनीहरुको भनाइ छ । अहिलेको परिस्थितिमा उद्योग व्यवसाय क्षेत्रले अधिकतम ५० प्रतिशत भन्दा बढी पारिश्रमिक भुक्तानी गर्न अत्यन्त कठिन भएकाले श्रमिकको पारिश्रमिकको सम्वन्धमा नेपाल सरकारले गरेका निर्णयहरू कार्यान्वयन गर्न ठूलो समस्या भएको बिज्ञप्तीमा उल्लेख छ । 

श्रमिकहरूको पारिश्रमिक भुक्तानी सम्वन्धमा यस महासंघ लगायत नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका निजी क्षेत्रका संस्थाहरूको तर्फबाट गत वैशाख १० गते नेपाल सरकार समक्ष पेश गरिएको संयुक्त सुझाव समेतलाई ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । साथै, उद्योग र श्रमिक दुवैको बचाउ गर्नुपर्ने भएकाले निजी क्षेत्रको तर्फबाट प्रस्तुत सुझाव कार्यान्वयन गर्न सहज हुने गरी सरकारले श्रमिकको पारिश्रमिक भुक्तानी सम्वन्धमा गरेका निर्णयहरू पुनरावलोकन गर्नुपर्ने उनीहरुको माग छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया