नेपाली वित्तीय क्षेत्रमै पहिलो पटक–भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने

३ बर्ष अगाडि

फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालनभएसंगै एनएमबि बैंकले अब घरमै बसीभाइबरमा च्याट गरेर पनि खाता÷मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमानप्रतिकुल परिस्थितिमापनिअतुलनीय सहजता, उच्चप्रतिफल र असिमित सुरक्षाको सुनिश्चितताको साथग्राहकवर्गको लागीअनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको हो ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिजअभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजताप्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ्गगतिविधिहरु रोज्न सक्ने उपयूक्तमाध्यमनिर्माण गर्ने

कार्यदिशातर्फ उन्मुख छौं । आफ्नामूल्यवानग्राहकवर्गलाई बैंकिङ्गअनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकैे प्रयोगले खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो ।

‘हालको परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामाकुनै सम्झौताबिनाग्राहकवर्गलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पु¥याउने एक महत्वपूर्ण योजनाहो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया