आगमी आवमा ३००० हजार मेवा विद्युत, विदेशी लगानी खोजेर पश्चिम सेतीको निर्माण गरिने

३ बर्ष अगाडि

काठमाडौं – सरकारले आमगी आव भित्र ३००० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधि तथा राष्ट्रिय सभामा आमगी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् । 
हाल १००० मेवा विद्युत प्रसारणमा लाइनमा जोडिएको छ । आमगी आवमा थप ३००० हजार मेवा विद्युत जडान गरिने उनको भनाइ छ । साथै, आन्तरीक खपत बढाउने गरि काम पनि गरिन उनले बताइन । 
यस्तै, जलविद्युत उत्पादन बढाउने र उर्जा व्यापारलाई पनि विस्तार गर्ने उनको भनाइ छ । 
यस्तै, उनले  आमगी आर्थिक बर्ष भित्र माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुने पनि बताइन । साथै, विदेशी लगानी जुटाएर बुढी गण्डकी र पश्चिम सेती जलविद्युत आयोजनाको पनि निर्माण बढीगण्डीक र पश्चिम सेती जलविद्युत अयाोजना अगाडि बढाइने विद्यादेवी भण्डारीको भनाइ छ ।  

यस्ते, नेपालको पानी, जनताको लगानी भनि ल्याइको माथिल्लो अरुण, तामाकोशी ५ लगायतका जलविद्युत आयोजनको आवश्यक अध्ययन गरि निर्माण कार्य गरिने सरकरको प्रतिबद्धता रहेको छ । 
यस्तै, भारत र बंगलादेशसँग विद्युत व्यापार गर्ने गरि काम गरिने र अन्तर देशीय विद्युत प्रशारण लाइनलाइ भरपर्दाे बनाउने उनको भनाइ छ । यसैगरि विद्युतिय बस सञ्चालन गर्न राजमार्गमा चार्जिङ स्टेशन पनि स्थापना गरिने राष्ट्रपति भण्डारीको घोषण रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया