चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधन

६ बर्ष अगाडि

मुम्बई, १३ फागुन- बलिउड अभिनेत्री श्रीदेवीको  युएईको दुबईमा निधन भएको छ। 
५४ वर्षकी उनको शनिवार हृदयघातका कारण निधन भएको हो |   एक विवाह समारोहका लागि उनी छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन।

‘सद्मा, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’ ‘गुमराह’ जस्ता फिल्म खेलेर  उनी  चर्चित बनेकी थिइन् ।

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी वास्तविक नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तेलेगु, तमिल,  मल्यालम र  कन्नड भाषाका फिल्ममा समेत काम गरेकी थिइन् ।  
सन् १९७५ मा बलिउडमा  प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा पनि काम गरेकी थिइन्।
श्रीदेवी भारतकी रुचाइएको  महिला स्टार मध्येकी एक हुन्।

६ बर्ष अगाडि

प्रतिक्रिया