प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बोले राजेन्द्र महतो , के छ त उनको भनाइ ?

३ बर्ष अगाडि

राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतोले कोरोना माहामारीबाट देशका सबै उद्योगपति, व्यापारी, किसान मजदुर देखि भिखारीसम्म आक्रान्त भएको बताउदै यो महामारीमा अहिले के गर्ने त्यसमा सरकारले ध्यान नदिएको नदिएको बताएका छन् । 

आइतबार प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बोल्दै महतोले सरकारले तत्काल गर्नुपर्ने कामको कुनै योजना नबनाएको बताए । 

उनले भने–अर्थतन्त्रको रक्षा कसरी हुने हो ? जनताको जीवनरक्षा कसरी हुने हो ? संकटबाट कसरी पार लगाउने हो ? त्यसमा ध्यान केन्द्रीत हुनुपर्ने, आर्थिम मन्दीबाट कसरी पार पाउने हो, त्यसमा केन्द्रीत हुनुपर्नेमा सरकार झिना मसिना कुरामा लागेको रहेछ  । अर्थतन्त्र जोगाउने त्यस्तो नीति र कार्यक्रम केही देखिँदैन । यो झुटो विवरण कहिलेसम्म दिने हो ?’ उनले इतिहासमै नभएको लामो कर्मकाण्डी नीति तथा कार्यक्रम भएको आरोप लगाए । महाभारत र रामायणमा भन्दा बढी एपिसोड जस्तै लामो नीति तथा कार्यक्रम वाचन गरेको आरोप समेत लगाए ।

३ बर्ष अगाडि

प्रतिक्रिया