यी नेपाली कलाकार जसले गरे दोस्रो विवाह

ajaako_artha

काठमाडौं–अभिनेता अभिनेत्री सुस्मिता बम्जन (केसी)ले इन्गेजमेन्ट गरेकी छन् । उनले साउथ इन्डियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् । गत ९ सेप्टेम्बरमा इन्गेजमेन्ट गरेकी सुस्मिताले आउँदो भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गर्ने भएकी छन् ।
सन् २००१ मा अभिनेता भुवन केसीसँग छुट्टिए पनि एक्लै रहँदै आएकी उनले स्वामीसँग दोस्रो विवाह गर्न लागेकी हुन् । उनले दुई वर्ष अगाडि ‘म त तिम्रै हुँ’ चलचित्र निर्माण गरेकी थिइन् । उक्त चलचित्र प्रदर्शनको सिलसिलामा अस्ट्रेलिया जाँदा स्वामीसँग उनको त्यहीँ भेट भएको थियो । भुवनसँग रहँदा भने उनले ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’लगायतका चलचित्र अभिनय गरेकी थिइन् । यी चलचित्र सुपरहिटको सूचीमा छन् । 
सुस्मिता मात्र कहाँ हो र ? अहिलेकी हट एन्ड हिट अभिनेत्री प्रियङ्का कार्की पनि दोस्रो विवाह गर्ने तरखरमा छिन् । उनले अभिनेता आयुष्मान देशराज जोशीसँग दोस्रो लगनगाँठो कस्न लागेकी हुन् । 
डेढ वर्षयताको अफयेरलाई विवाहमा परिणत गर्न लागेकी उनले आयुष्मानसँग केही पहिले इन्गेजमेन्टसमेत गरेकी छन् । दुबैको छिट्टै विवाह गर्ने हल्ला पनि छ । प्रियङ्काले यस अगाडि अमेरिका बस्दै आएका रोचक मैनालीसँग विवाह गरेकी थिइन् । प्रियङ्का पछिल्लो समय चलचित्र ‘कथा काठमाडौँ’मा अभिनेता प्रमोद अग्रहरीसँग दिएको इन्टिमेन्ट दृश्यका कारणले हट केक बनेकी छन् ।
प्रियङ्का र सुस्मिता मात्र होइन, नेपाली कलाक्षेत्रमा अन्य थुप्रै कलाकार पनि छन् । जसले रोजेका छन् दोस्रो विवाह । सुस्मिताका पूर्वपति तथा अभिनेता भुवन केसीकोे सुस्मितासँग दोस्रो विवाह थियो । उनले सुस्मिता अगाडि विजया गिरीसँग विवाह गरेका थिए । विजयालाई धोका दिएर  सुस्मिता भित्र्याएका भुवन अभिनेत्री जिया केसीसँगको लिभिङ टुगेदरमा रमाउँदै आएको हल्ला छ ।
बाध्यताले गरे पनि दोस्रो विवाह गर्ने कलाकारको नाम लिनुपर्दा वरिष्ठ कलाकार हरिवंश आचार्यको नाम पनि छुटाउन मिल्दैन । पहिलो श्रीमती मिरा आचार्यको निधन भएपछि आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका हुन् । ५४ वर्षको उमेर दोस्रो विवाह गरेका हरिवंश अहिले दोस्री श्रीमतीसँग खुसी छन् ।
त्यस्तै एक्सन किङ भनेर चिनिने अभिनेता निखिलको पनि अभिनेत्री संचितासँगको घरजम दोस्रो हो । कोपिला उप्रेतीसँग पहिलो विवाह गरेका निखिलले उनलाई धोका दिँदै संचिता भित्र्याएका थिए । विवाहपछि यी दुवै केही समय मुम्बईमा समेत लुके । अहिले नेपाली चलचित्रमा क्रियाशील छन् ।  
अभिनेत्री संचिताको पनि निखिलसँग पहिलो विवाह भने होइन । उनले पहिलो विवाह मोडल तथा अभिनेता आकाश शाहसँग गरेकी थिइन् । आकाशलाई धोका दिएर उनले निखिल रोजेकी हुन् । आकाश प्रायः समय बलिउडतिरै रहने भएकाले निखिल रोजेकी उनले केही पहिले बताएकी थिइन् ।
त्यसो त अहिले पुराना एक्सन किङ भनेर चिनिने अभिनेता शिव श्रेष्ठले पनि दोस्रो घरजम गर्ने व्यक्ति हुन् । गङ्गादेवी श्रेष्ठसँग पहिलो विवाह गरेका श्रेष्ठले उनीसँगको दाम्पत्य जीवन असफल भएपछि चितवनकी सिर्जना श्रेष्ठलाई दोस्री पत्नीका रूपमा भित्र्याएका थिए । त्यसपछि पनि उनी एक युवतीसँगको प्रेममा थिए । तर त्यो सम्बन्ध परिवारले टिक्न दिएनन् ।
चर्चित निर्माता छविराज ओझाले पनि अभिनेत्री रेखा थापासँग दोस्रो विवाह गरेका थिए । रेखासँग छविको दोस्रो होइन तेस्रो भन्ने पनि चलचित्र क्षेत्रमा  भेटिएका छन् । कतिपय त यो हल्ला मात्र हो पनि भन्छन् । तर अहिले छवि र रेखासमेत छुट्टिइसकेका छन् । छविको नाम अहिले अभिनेत्री शिल्पा पोखरेलसँग जोडिएर आउने गरेको छ । रेखा भने अहिले सिङ्गल नै छिन् । 
कलाकार तथा निर्माता पवन मैनालीले पनि गतवर्ष दोस्रो विवाह गरे । ५२ वर्षका  मैनालीले दोलखाकी लक्ष्मी सिवाकोटीसँग दोस्रो विवाह गरेका हुन् । दर्जनौँ चलचित्रमा अभिनय गरेका पवनले ‘पिँजडा’ नामक चलचित्र निर्माणसमेत गरेका थिए । जुन चलचित्र अभिनेता निखिलको अभिनयमा डेब्यु थियो ।
अभिनेत्री मोडल सिम्पल खनालले पनि अहिले दोस्रो घरजम गरिसकेकी छन् । नाम सिम्पल भए पनि मोडलिङमा हट देखिँदै आएकी सिम्पलको पहिलो पति निर्देशक प्रसन्न पौडेल हुन् । प्रसन्नसँग वैवाहिक जीवन सहज रूपमा अगाडि बढ्न नसकेपछि एक्लो रहँदै आएकी उनले अहिले भारतीय मूलका एक व्यवसायीसँग विवाह गरेको बुझिएको छ ।
निर्देशक सुरज चन्दसँग विवाह गरेर एक छोरीको आमा बनेपछि मात्र अभिनयमा भित्रिएकी पूजा चन्दले पनि अहिले दोस्रो विवाह गरेकी छन् । उनले केही वर्ष अगाडि अमेरिकामै गायक राजु लामासँग दोस्रो लगनगाँठो कसेकी हुन् । हाम्रो सानो घर होला, सहर, वरपीपल जस्ता सफल चलचित्र अभिनय गरेकी पूजालाई अमेरिकामा सुरजले नै पठाएका थिए । सुरज र छोरी छोडेर उनले अर्काे श्रीमान रोजेकी हुन् ।
अभिनयका गुरु भनेर चिनिने कलाकार अनुप बरालको पनि दिया मास्केसँग दोस्रो घरजम हो । ७ वर्षसम्म प्रेममा रहेर निर्देशक अनुपले दियालाई  २०७१ मा घर भित्र्याए । विवाह गर्नुभन्दा पहिले उनीहरू लिभ इन रिलेसनसिपमा रहेको पनि चर्चा थियो । अनुपको दियासँग दोस्रो विवाह भए पनि दियाको भने पहिलो हो ।
अभिनेता भुपेन चन्दसँग विवाह गरेर अमेरिका उडेकी अभिनेत्री सौजन्य सुब्बाको पनि भुपेन दोस्रो श्रीमान् हुन् । पहिलो विवाह टुटेपछि एक्लै रहँदै आएकी सौजन्यले भुपेनसँग प्रेमविवाह गरेकी हुन् । 
त्यसो त सौजन्यसँग पनि भुपेनको दोस्रो विवाह नै हो । पहिली पत्नी हुँदाहुँदै साजन्यसँग उनले प्रेम विवाह गरेका थिए । सौजन्य भुपेन दुवै अहिले अमेरिकामा बस्दै आएका छन् । 
नेपाली लोकगीतको म्युजिक भिडियोको बजारमा मोडल तथा निर्देशक शंकर बीसीको ठूलो नाम छ । पेसामा शंकर जति सफल र खुशी छन्, उनको पारिवारिक जीवन भने त्यस्तो छैन । किनभने उनले पनि दोस्रो घरजम गरेका छन् । पहिलो पत्नीलाई नेपालगञ्जतिरै व्यवस्थित घरबार बसालिदिएका उनले दोस्रो लगनगाँठो निशा सुनारसँग कसे । लोकगीतका म्युजिक भिडियो निर्माणको सिलसिलामा परेको प्रेम उनले विवाहमा परिणत गरेका हुन् । यी दुवैको एक छोरी छन् ।
गायक सत्यराज आचार्यले पनि अहिलेकी श्रीमती अनिता थापा दोस्री पत्नी हुन् । पहिली श्रीमतीको निधनपछि सत्यले अनितासँग प्रेम विवाह गरेका हुन् । थापाकी छोरी अनिता र बाहुनका छोरा सत्यले पारिवारिक सहमतिमा विवाह गरेका थिए । 
नेपाली साङ्गीतिक आकाशमा थुप्रै चर्चित गीत दिएका गायक यम बरालले पनि केही पहिले दोस्रो विवाह गरे । पहिलो पत्नीसँग डिभोर्स भएपछि उनले दोस्री पत्नी भित्र्याएका हुन् । उनी पछिल्लो समय विदेश कार्यक्रममा समेत व्यस्त रहने गरेका छन् । 
यी त उदारण मात्र हुन् । खोतल्दै जाने हो भने दोस्रो विवाह गर्ने धेरै कलाकार भेट्न सकिन्छ । तर यस्ता कलाकारको कथा भने बोग्ला बेग्लै रहेको छ । केही कलाकारले बाध्यताले दोस्रो विवाह गरेका छन्, भने केहीले अघिल्लोबाट धोका पाएर दोस्रो विवाह रोजेको हुन् । केहीले भने अघिल्लोलाई धोका दिएर दोस्रो विवाह गरेको देख्न सकिन्छ । –रातोपाटीबाट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१०२.२०१०२.८०
European Euro१२७.३५१२८.१०
UK Pound Sterling१४४.३३१४५.१७
Swiss Franc१०९.७४११०.३८
Australian Dollar८१.०३८१.५०
Canadian Dollar८२.२६८२.७५
Singapore Dollar७७.४५७७.९१