मुस्कुराउँदै आइपुगे गोविन्दा काठमाण्डौ

५ बर्ष अगाडि

एलजी सिनेमा सर्कल अवार्ड २०७५ वितरण समारोहका लागि बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् ।
त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गोविन्दाले आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको बताएका छन् । विमानस्थलमा पत्रकार ऋषि धमलाले आफूले निर्माण गर्ने चलचित्रमा अभिनय गर्न गोविन्दालाई प्रस्ताव राखेका थिए । त्यसक्रममा गोविन्दाले असोज १२ गते प्रदर्शनमा आउन लागेको फिल्म अनुरागबारे चासो राखेका थिए ।

ऋषि धमलाले निर्माण तथा एलिजा गौतमले अभिनय गरेको चलचित्र अनुराग हेर्ने इच्छा व्यक्त गरेका थिए ।

भोली हुने अवार्ड वितरण कार्यक्रममा गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुती दिनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया