नेपाली महिलाको अपमान गर्दा अनुष्काविरुद्ध मुद्दा दर्ता

३ बर्ष अगाडि

बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको ुपाताल लोकु यति बेला चर्चामा छ । यस वेब सिरिजमा नेपाली महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै विरोध भइरहेको छ । विरोध मात्र होइन नेपाली महिलाको आत्मसम्मानमा आँच पुर्‍याएको भन्दै अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ । 

प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्काविरुद्ध मानव अधिकार आयोगमा मुद्दा दर्ता गरेको हो । उनी विरुद्ध नेपाली अभिनेत्रीहरू लगायत अन्य दर्शक पनि उत्रिएका छन् । यसरी पछिल्लो समय भौगोलिक तथा भाषिक र सांस्कृतिक रूपमा नेपाललाई अधीनमा राख्न खोजिएको भन्दै भारतीयले नेपाली प्रति हेर्ने दृष्टिकोणको विरोध भएको छ । स्ट्रीमिङ च्यानल अमेजन प्राइम र निर्माता अनुष्का शर्माले समेत माफी माग्नुपर्ने र वेब सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको बताइएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया