थप २५ जना नयाँ संक्रमित , संक्रमितको संख्या ४ सय २७ पुग्यो

३ बर्ष अगाडि

नेपालमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ४२७ पुगेको छ। अहिलेसम्म ३८ जिल्लामा संक्रमण देखिएको छ।

बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन्।

यीमध्ये ७ महिला र १८ पुरुष छन्। एकजना कपिलवस्तुका ३ वर्षीय बालक पनि संक्रमित भएका छन् ।

बाँकेमा नरैनापुर र खजुराका गरी ६ पुरुष संक्रमित भएका छन्।

त्यस्तै, धनकुटामा पाँच जना नयाँ संक्रमित थपिएका छन्।

त्यस्तै, कपिलवस्तु बालबालिका र महिलासहित १३ जना नयाँ संक्रमित थपिएका छन्।

नवलपरासी पश्चिममा क्वारेन्टाइनमा रहेका एकजनामा पनि संक्रमण देखिएका छन्।

यस्तै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने कोरोना संक्रमण कारण अहिलेसम्म दुई जनाको निधन भएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया