बीमालेख धितो कर्जाः व्याज १५ प्रतिशत छुट दिने बीमा समितिको घोषणा

३ बर्ष अगाडि

काठमाडौं -  बीमालेख धितो राखेर जीवन बीमा कम्पनीबाट ऋण लिएका बीमितले व्याज रकममा १५ प्रतिशत छुट पाउने भएका छन् । लकडाउन अवधीमा भुक्तानी गर्ने व्याज बीमितले लकडाउन खुलेको १ महिना भित्र भुक्तानी गरेमा १५ प्रतिशत छुट पाउने भएका हुन् । 
बीमा समितिले मंगलबार एक निर्दशन जारी गर्दै यस्तो बताए हो । समितिको उक्त निर्देशक सबै जीवन बीमा कम्पनीले पालना गर्नुपर्ने छ । 
हाल बीमा कम्पनीहरुले बीमालेख धितो राखेर बीमितलाई ऋण दिदैं आएका छन् । सोही कर्जाको व्याजमा छुट पाउने बताइएको छ ।
यस्तै, कम्पनलिे बीमालेख अनलाइन मार्फत बिक्री गर्ने कार्यविधि तयार गरेमा औचित्यको आधारमा स्वीकृति दिने समितिको भनाइ छ । समितिकाअनुसार बीमा कम्पनीहरुलाई लकडाउन अवधमिा अनलाइन तथा भच्र्चुयल रुपमा तालिमहरु आयोजना गर्न पनि खुल्ला  गरिदिएको छ । साथै, कम्पनीले व्यवस्थापन खर्च कम गर्ने प्रस्ताव  समितिमा पेश गरेमा औचित्यताको आधारमा स्वीकृति दिने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया