कोरोना संक्रमण देखिएका गुल्मीका शिक्षकको मृत्यु

३ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण (कोभिड १९) पोजेटिभ देखिएका गुल्मीका एकजनाको बुटवलको क्रिमसन अस्पतालमा मृत्यु भएको छ । 

मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुषको  बिहान ७ बजे मृत्यु भएको  प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे । 
गाउँमा जण्डिसको समस्या देखिएका उनलाई स्थानीय मेडिकल, छिमेकी जिल्ला अर्घाखाँचीको एक पोलिक्लिनिक हुँदै क्रिमसन पु¥याईएको थियो । 

क्रिमसन अस्पतालले कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनको स्वाव संकलन गरेर काभिड १९ प्रयोगशाला भैरहवा पठाइएको थियो । 

कोरोना जाँच गर्नुभन्दा पहिला नै उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेकोले भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । 

जेठ २ गते कोरोना पुष्टि भएपछि उनलाई  राखिएको थियो । 

गुल्मीबाट आफन्तसँग मोटरसाइकलमा र अर्घाखाँचीबाट गौतमबुद्ध अस्पतालको एम्बुलेन्समा बुटवल पुगेका उनलाई गाउँमै कोरोना संक्रमण हुने कुनै आधार नभएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् । 

मदाने गाउँपालिकामा भारतबाट आएकाहरुको आरडीटी परिक्षण गर्दा कसैको पनि पोजेटिभ नदेखिएको र उनी आफै बिरामी भएका कारण कोही कसैसँग सम्पर्कमा नआएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

उनलाई संक्रमण देखिएपछि मदाने गाउँपालिकाबाट कन्ट्रयाक ट्रेसिङ्गको आधारमा ३० जनाको स्वाव संकलन गरेर परिक्षणको लागि पठाइएको छ । 
त्यसको रिपोर्ट बिहीबार बेलुका ४ बजेसम्म आउने बताइएको छ । 

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो । 

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया