पुजा शर्मा भन्छिन् : –‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया ।’

३ बर्ष अगाडि

अभिनेत्री  पूजा शर्माले नायिका मनिषा कोइरालाले बलिउडमा आफ्नै  प्रतिभा र क्षमताले नाम कमाएको भन्दै भारतीय मिडियामाथि खनिएकी छन् ।

सोशल मिडियाहरुमा  अहिले देशको सिमाना र मनिषा कोइरालाको ट्विटको बिषयमा कलाकारहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् ।

अभिनेत्री पुजा  शर्माले लेखेकी छिन्–‘मनिषा कोइरालाको ट्विटलाई लिएर भारतीय मिडियाहरु रोइलो गरिरहेका छन् । तर, उनीह्ररुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा पनि गरेनन् ।’

‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो । मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रती टिठ लागेर आयो ।’

उनले, कामको सिलसिलामा विश्वको जुनसुकै देशमा बसेपनि जब देश र आफ्नो जमिनको कुरा आउँछ, त्यतिबेला देशकै पक्षमा बोलिन्छ भन्दै लेखेकी छिन्–‘जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुछ्ने पराइलाई आमा भन्न सकिदैन, चेतना भया ।’

३ बर्ष अगाडि

प्रतिक्रिया