भारतले सोमबारदेखि आन्तरिक हवाइ सेवा सुरु गर्दै

जेठ ८, २०७७ | आजको अर्थ
ajaako_artha

कोरोना भाइरसको संक्रमण कम गर्न लकडाउन गरेको दुई महिनापछि भारतले सोमबारदेखि घरेलु उडान सुरु गर्ने भएको छ । यात्रुहरुले सरकारले तोकेका केही नियम पालना गरेर यात्रा गर्न पाउनेछन् । उनीहरुले सरकारी कन्ट्याक्ट ट्रयासिङ एप डाउनलोड गर्नुपर्नेछ र उनीहरुको थर्मल स्क्रिनिङ समेत हुनेछ । 

एयरपोर्टभित्र मास्क र पञ्जाको प्रयोग पनि अनिवार्य गरिएको छ । त्यस्तै, एयरपोर्ट आउने क्रममा उनीहरुले तोकिएको निश्चित ट्याक्सी वा निजी सवारी प्रयोग गर्नुपर्नेछ । 

नागरिक उड्डयनमन्त्री हर्दिप पुरीले सबै विमानस्थल र एयरलाईन्सलाई सेवा सञ्जालनका लागि तयार रहन भनिएको बताए । 

२५ मार्चमा भारतले आफ्नो २ दशमलव ९ ट्रिलियन डलरको अर्थतन्त्र सटडाउन गरेको थियो । उद्योग बन्द भएका थिए र १ अर्बभन्दा धेरै जनसंख्यालाई घरभित्रै बस्न भनिएको थियो ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८