मनिषा कोइरालाको समर्थनमा नेपाली कलाकर्मी

३ बर्ष अगाडि

नेपालले लिपूलेक र कालापानी समेटेर देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यस विषयमा भारतले चिनको आडमा भनेर समाचार प्रकाशित प्रसारित गर्दै आएको छ । 

यहि बीच भारतीय फिल्म जगतमा चर्चित नेपाली मनिषा कोइराला विरुद्ध भारतीय संचार माध्यम खनिएको देख्न सकिन्छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्विटलाई मनिषाले रिट्विट गरेकी थिइन् । उनले लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ यहि विषयलाई लिएर भारतीय टेलिभिजन एबिपीले भारतको खाएर चिनको समर्थन गरेको उल्लेख गरेको छ । 

मनिषालाई भारतले नै चिनाएको तर अहिले आएर नेपालको तरफदारी गरेको समेत भनेका छन् । संचारमाध्यमको साथ साथै सामाजिक संजालमा समेत भारतीयले उनको विरोध गरिरहेका छन् । यहि बीच नेपाली फिल्मकर्मीले मनिषा कोइरालाको खुलेर समर्थन गरिरहेका छन् । उनलाई समर्थन गर्दै कतिपय कलाकर्मीले भने भारतले माफी माग्नुपर्ने बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया