प्रदेश ५ सरकारको नीति कार्यक्रम जेठ १० मा

जेठ ८, २०७७ | आजको अर्थ
ajaako_artha

प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७ । ०७८ को नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । 

मन्त्रिपरिषद् आज बसेको बैठकले नीति कार्यक्रम यही जेठ १० गते प्रदेशसभामा प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा दीपावली गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । 

बैठकले तराईका जिल्लामा दुई सय र पहाडी जिल्लामा ५० शय्याको आइसोलेशन केन्द्र बनाउने, केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका बिरामीलाई राख्ने र केन्द्र बनाउन कोभिड कोषबाट रकम दिने निर्णय पनि गरेको छ । 

प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएकामा उहाँले पाउनुपर्ने बीमावापतको रु १० लाख प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८