थपिए ३० जना कोरोना संक्रमित, कूल संक्रमित ४८७ पुगे

३ बर्ष अगाडि

नेपालमा फेरि ३० जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डू र चितवनमा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको हो।

अब पुष्टि भएका सङ्क्रमितको सङ्ख्या ४८७ पुगेको छ।

मन्त्रालयका अनुसार पुष्टि भएकामध्ये तीन जना नवलपरासीका, दुई जना चितवनका, नौ जना कपिलवस्तुका र १८ जना सर्लाहीका हुन्।

उनीहरू आठ वर्षदेखि ७३ वर्षसम्मका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया