प्राइम लाइफले कमायो सवा १८ करोड नाफा, अन्य परिसुचक कस्तो

३ बर्ष अगाडि

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको चैतसम्ममा रु. १८ करोड ३० लाख खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको भन्दा ११.८४ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. १५ करोड ३६ लाख खुद नाफा कमाएको थियो । 
यस्तै, कमपनीले यस बर्ष रु. २ अर्ब २६ करोड भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । गत आवको सो अवधीमा कम्पनीले रु. १ अर्ब ९४ करोड बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले हालसम्म भने रु. १७ अर्ब भन्दा बढी बीमाशुल्क संकलन गरेको छ । 
कम्पनीको चुत्तापुँजी रु. २ अर्ब रहेको छ ।  यसका अलावा कम्पनीको जगेडा कोषमा रु. १ अर्ब र बीमा कोषमा रु. १० अर्ब रुपैयाँ रहेको छ । 
कम्पनीले दिर्घकालिन रुपमा रु. ९ अर्ब ४९ करोड लगानी गरेको छ । यस्तै, कम्पनीले अल्पकालिन रुपमा करिब ३ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीले बीमालेख धितो राखेर बीमितहरुलाई रु. १ अर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया