मन्त्री दुलालबाट ‘कोरोना औषधि’ निरीक्षण

जेठ ९, २०७७ | आजको अर्थ
ajaako_artha

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौंँडास्थित वन विज्ञान अध्ययन संस्थान(फरेस्टी क्याम्पस)को प्रयोगशालामा कोरोना भाइरस (कोभिड—१९) निर्मूल पार्ने भनी जिकिर गरिएको औषधि निरीक्षण गरेका छन् । 
     
त्रिभुवन विश्वविद्यालयको आंगिक सो क्याम्पसका सहप्राध्यापक डा ललितकुमार दासले  विभिन्न  जडिबुटीबाट तयार पारेको भनिएको सो औषधि,  प्रयोगशालाको अवस्था, औषधि निर्माणको मापदण्ड र प्रक्रिया,  यसको प्रयोग र निर्माणको प्रगतिबारे डा दाससँंग जानकारी लिँदै मन्त्री दुलाले यथाशीघ्र सरकारको सम्बन्धित निकायमा सम्पर्क गरेर औषधिको विश्वसनीयता तथा उपयोगिता जाँच गराइने आश्वासन दिए । 

सो अवसरमा डा दासले मन्त्री दुलाललाई आफूले निर्माण गरेको औषधिको विवरण बुझाउँदै  डेढ महिनादेखि रातदिन खटेर आफ्नो प्रयोगशालामा कोरोना रोग भाइरसबाट बच्न केही एण्टीअक्सिडेण्ट एक्टिभिटी र इन्जियोमेटिक एक्सन भएको बिरुवा लिएर शोध गरी औषधि तयार पारिएको जिकिर गरे । डा दासले आफूले तयार पारेको औषधिको परीक्षणका लागि वन विज्ञान अध्ययन संस्थानमा जाँचको सुविधा नभएकाले सङ्घीय र प्रदेश सरकारसहित सम्बन्धित सरोकार पक्षलाई आग्रह गरे । बाइस वर्षदेखि अनुसन्धान तथा अध्यापनरत उनले बनारस हिन्दू विश्वविद्यालयबाट फाइटोकेमिस्ट्रीमा विद्यावारिधि गरेका छन्  । यसअघि उनले हर्बल सेनिटाइजरसमेत बनाई प्रदेशका मन्त्रालयमा वितरण गरेका थिए । सो क्याम्पसका प्रमुख विजय यादवले निर्माण गरिएको औषधिको परीक्षण गराउन सरकारसंँग आग्रह गरे ।

क्याम्पसका प्रा दामोदर गैरेले जडिबुटीबाट उक्त औषधि निर्माण भएकाले यसबाट कुनै हानि नहुने जिकिर गर्दै विश्वका वैज्ञानिकहरु कोरोना औषधि निर्माणमा लागिरहेको वर्तमान अवस्थामा नेपालमा नै यस्तो औषधि बन्नाले नेपाली गौरवान्वित भएको विचार व्यक्त गरे । उक्त औषधिको गुणस्तर जाँचपछि कोरोना संक्रमितमा परीक्षण गरिनेसमेत जनाइएको छ ।  एक हप्ताअघि औषधि निर्माणका सम्बन्धमा पूर्वसभामुख सुवास नेम्वाङ र डा दासबीच टेलिफोनमा  छलफल भएको जनाइएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८