कोरोनाको कहरः युवा समूह नै बढी संक्रमित, हेर्नुहोस् कुन उमेरका कति संक्रमित

३ बर्ष अगाडि

काठमाडौं – नेपालमा युवा समुहमा नै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक विस्तृत रिपोर्टले यस्तो देखाएको हो । 
मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ५०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा १८४ जनामा युवा समुह अर्थात् २१ बर्ष देखि ३० बर्ष उमेर समुहका रहेका छन् । त्यसपछि ३१ बर्ष देखि ४० बर्ष उमेर समुहमा पर्ने व्यक्तिमा बढी संक्रमण देखिएको छ । उक्त उमेर समुहका १२३ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
मन्त्रालयकाअनुसार १७ जना बालबालिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयकाअनुसार १० बर्ष मुुनीका १७ जना संक्रमित रहेका छन् । यस्तै, ७० बर्ष भन्दा माथिका ५ जना संक्रमित रहेका छन् ।

यस्तै, ११ बर्षदेखि २० बर्षसम्मका ९६, ४१ बर्षदेखि ५० बर्षसम्मका  ५०,  ५१ बर्षदेखि देखि ६० बर्षसम्मका १९ र ६१ देखि ७० सम्मका १९ संक्रमित रहेका छन् । कलु संक्रमित मध्ये ७४ जना महिला र ४३३ जना पुरुष रहेको छन् । कुल संक्रमित मध्ये ३ जनाको मृत्यु नै भइसकेको छ । साथै, ७० जना निको भइसकेका छन् ।

मन्त्रालयकाअनुसार हालसम्म ४२ हजार ५२७ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । यस्तै, ८२ हजार ११६ जनामा आरडीटी परिक्षण गरिएको छ । अहिले आइसोलेशनमा ४३४ जना उपचारत छन् भने क्वारेन्टाइनमा २७ हजार ८२९ जना व्यत्तिहरु रहेको छन् । मन्त्रायकाअनुसार कोरोना संक्रमित औषतमा २० दिन आइसोलेशनमा बस्नु परेको छ । त्यसपछि उनीहरु निको भएर घर फर्किएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया