काठमाडौंबाट हराएको स्कुटी मेलम्चीमा भेटियो, दुईजना पक्राउ

३ बर्ष अगाडि

काठमाडौँबाट हराएको स्कुटी मेलम्चीमा भेटिएको छ ।

काठमाडौँ महानगरपालिका–५ गौचरनबाट हराएको स्कुटी आइतबार प्रहरीले चेकजाँच गर्ने क्रममा मेलम्चीमा भेटिएको हो ।

 प्रदेश ३–०२–००१प १९२७ नं को स्कुटीलाई मेलम्चीमा प्रहरीले रोकी जाँच गर्दा उक्त स्कुटी चोरीको भएको थाहा भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 
    
 चोरीको भनी शङ्का लागेर ट्राफिक महाशाखा रामशाहपथमा बुझ्दा उक्त स्कुटी मिति २०७६ माघ १६ मा काठमाडौँ गौचरनमा रहेको ग्यास र पानी आपूर्ति पसल अगाडिबाट हराएको तामाङले जानकारी दिए । 

स्कुटी काठमाडौँ–३० बस्ने प्रभात थापाको भएको बुझिएको छ । स्कुटी चलाएर हिँड्ने मेलम्चीका २३ वर्षीय अच्युत श्रेष्ठ र विकास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

निजहरुलाई महानगरीय प्रहरी वृत्त मालीगाउँ काठमाडौँमा आवश्यक कारवाहीका लागि पठाउने तयारी गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया