कोरोनाका कारण भएको लकडाउनले आयात न्युन हुँदा देशको व्यापार घाटा साँघुरिएको छ ।
व्यापार घाटा साँघुरिनु राम्रो भएपनि यो व्यापार घाटा भने आर्थिक गतिविधि ठप्प हुँदाको परिणाम हो । यद्यपि, आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नु भने सुखद हो । तर त्यसो हुन सकेको छैन ।
चालु आर्थिक बर्षको (२०७६÷७७) १० महिना (बैशाखसम्म) सम्म आइपुग्दा १० खर्ब २५ अर्ब १३ करोड बराबरको आयात भएको छ । गत वर्षको यसै अवधिको तुलनामा यो आयात झण्डै १३ प्रतिशतले खुम्चिएको हो । गत वर्ष ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
निर्यात भने ८२ अर्ब ६ करोड बराबरको मात्रै भएको छ । अहिले देशको व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड छ । गत वर्ष यस्तो व्यापारघाटा १० खर्ब ९९ अर्ब रुपैयाँ थियो । व्यापारघाटा १४.२४ प्रतिशतले खुम्चिएको भन्सार विभागले जनाएको छ ।
गत चैत ११ गतेदेखि देश लकडाउनमा छ जसले अत्यावश्यक वस्तु बाहेकको आयात भएको छैन ।
अत्यावश्यक सामाग्रीको आपुर्ति भने नियमित भएको छ । लकडाउनका कारण खपत कम छ । यसैगरी चैत ४ गतेदेखि अन्र्तराष्टिय उडान समेत बन्द हुदा आयात घटेको छ ।
अत्यधिक खपत हुने पेट्रोलियम पदार्थ लकडाउनका कारण माग नभएपछि आयात पनि कम भएको छ । यस्तै खाना पकाउँने ग्यास पनि होटल रेष्टुरेन्ट बन्द हुदा कम खपत भएको छ ।
प्रतिक्रिया