एकैदिनमा १ सय १४ नयाँ संक्रमित, कुल संक्रमितको संख्या ८ सय ८६ पुग्यो

३ बर्ष अगाडि

एकैदिनमा  बुधबार थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिन यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ८८६ पुगेको छ। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको देवकोटाले बताए।

मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार छ।

३ बर्ष अगाडि

प्रतिक्रिया