कर्मचारीकाे भत्ता कटाैती, नयाँ कर्मचारी भर्ना राेकियाे

जेठ १५, २०७७ | आजको अर्थ
ajaako_artha

सरकारले कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो घोषणा गर्नुपरेको उनको भनाइ छ ।

आगामी आर्थिक वर्षमा कार्यालय सन्चालन, इन्धन, मर्मत, भ्रमण, कम प्राथमिकताका गोष्ठी सहायता, भौपरी खर्च, फर्निचर, सवारी साधन, मर्मत खर्चलगायतको बजेट समेत उल्लेख्य कटौती भएको अर्थमन्त्रीले जानकारी दिए ।

समिति, कोष, प्रतिष्ठानलगायतमा मितव्ययिता सम्बन्धी निर्देशिका बनाएर कार्यान्वयन गरिने भएको छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगका अनुसार आवश्यक नदेखिएका सार्वजनिक निकाय अब खारेज गरिने छ ।

आवश्यक नभएसम्म नयाँ कर्मचारी नियुक्ति पनि भएको छ । अनुदानमा समेत दोहोरोपन हुन नदिने अर्थमन्त्री खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८