१८ हजार कर्मचारीको भत्ता कटौती

३ बर्ष अगाडि

खर्चमा मितव्ययिता अपनाउने उद्देश्यसहित सरकारले निजामती कर्मचारीको भत्ता कटौती गरेको छ । यसबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ जोगिने आकलन अर्थ मन्त्रालयको छ । 

कर्मचारीको केही सुविधा भने थप गरिएको छ । केही कर्मचारीले शतप्रतिशतसम्म भत्ता पाउँदै आएका थिए । निजामती मात्र नभई सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीको प्रोत्साहन, जोखिम, बैठक भत्ता तथा खाजा–खाना खर्च आगामी आर्थिक वर्षदेखि कटौती हुनेछ । भत्ता कटौतीको निर्णयबाट करिब १८ हजार कर्मचारी प्रभावित हुने खबर नयाँ पत्रिकमा छापिएको छ । 

के–के मा कर बढ्यो के–के मा घट्यो ?

कर बढेकामा–पेट्रोल र डिजेलको भन्सार कर, प्राथमिक कृषि उपजको आयातमा भन्सार दर, चुरोट, सिंगार, गुट्खा, पान, मसलामा स्वास्थ्य जोखिम कर, निजी विद्युतीय सवारी आयातमा भन्सार दर, फर्निचर आयातमा अन्तशुल्क, , विदेशमा अध्ययन गर्ने विद्यार्थीलाई २ प्रतिशत शिक्षा सेवाशुल्क कर घटेकामा–घरेलु उत्पादनका लागि आयात हुने मेसिन तथा कच्चा पदार्थको भन्सार दर, आर्युवेदिक कच्चा पदार्थमा भन्सार महसुल, एक् दर्जन बढी वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज, १५ प्रतिशत वन पैदावार शुल्क खारेज गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया