सुनचाँदी व्यवसायीको कोरोना बीमा

३ बर्ष अगाडि

बुटवल क्षेत्रका १९३  सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ । बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको  कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ ।
    
संघका अध्यक्ष दीपककुमार विकले शिखर इन्सोरेन्समार्फत कुल रु एक करोड ९३ लाख बराबरको बीमा गरिएको जानकारी दिए । कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा व्यवसायीले तोकिएको बीमाङ्क रकम प्राप्त गर्नेछन् । बीमाको अवधि एक वर्ष  छ । संघले आफ्ना व्यवसायीको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै कोरोना संक्रमणप्रति सचेत हुन र व्यवसाय सञ्चालनका क्रममा जीवन रक्षाका उपाय अवलम्बन गर्न सबै व्यवसायीलाई आग्रह गरेको छ । संघले यसअघि सुनचाँदी पसलमा कार्यरत करीब दुई सय कालिगढलाई राहतस्वरुप खाद्य पदार्थ वितरण गरेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया