पुनर्बीमा कम्पनीको आईपीओको अब दोस्रो बजारमा कारोबार गर्न सकिने

३ बर्ष अगाडि

काठमाडौं – गत चैत २६ गते बाँडफाँड भएको नेपाल पुनर्बीमा कम्पनीको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले शुक्रबार शेयरधनीहरुको हितग्राही खातामा आईपीओ जम्मा गर्ने कार्य सम्पन्न गरेको हो । 
योसँगै अब उक्त आईपीओको दोस्रो बजारमा पनि काोबार गर्न मिल्ने भएको छ । अब शेयर बजार खुल्ला भएपछि उक्त आईपीओको कारोबार गर्न सकिने छ । 

नेप्सेमा गत बुधबार सूचीकरणको प्रकृया अघि बढाएको कम्पनीको शेयर कारोबारका लागि नेप्सेले एनआरआईसी स्टक संकेत प्रदान गरेको छ । 
कम्पनीले गत चैत ४ गते रुं रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया