कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने  संख्या ३ लाख ७१ हजार नाघ्यो

३ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने  संख्या ३ लाख ७१ हजार नाघ्ेको छ । 

हालसम्म कोरोनाका कारण विश्वभर ३ लाख ७१ हजार ६ को मृत्यु भएको छ  भने, संक्रमितको संख्या ६१ लाख ६० हजार २९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)   जानकारी दिएको छ । 

 नेपाली समयानुसार आइतबार बिहान  प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २७ लाख ३८ हजार २८४ जना निको भएका छन् । विश्वभरीमा ३० लाख ५१ हजारभन्दा बढी  हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् । 

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ५१३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।  

कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख १६  हजार ८२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ ।  यस प्रकोपको कारण अमेरिकामा १ लाख ५ हजार ५५७  व्यक्तिको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा हालसम्म करिब ५ लाख कोरोना संक्रमित रहेका छन् । ब्राजिमा मृत्यु हुनेको संख्या २८ हजार ८४९ रहेको छ ।

त्यस्तै स्पेनमा २७ हजार १२५ , बेलायतमा ३८ हजार ३७६ , इटलीमा ३३ हजार ३४० जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा १४ सयभन्दा बढी संक्रमित रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया