विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुद्धारा विरोध

३ बर्ष अगाडि

विद्युतिय सवारी साधनको भन्सार दर बढाइएको भन्दै अटोमोबाईल्स व्यवसायीहरुले विरोध जनाएका छन्  

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन ‘नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल’ले आइतबार पत्रकार सम्मेलन गरी सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा भन्सार दर बढाएको भन्दै विरोध जनाएको हो । 

नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाले सरकारको दोहोरो र अनिश्चित मापदण्डबाट विद्युतिय सवारी साधनको व्यवसायमा संलग्न व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताए । उनले यस अघि सरकारले विद्युतिय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरेपछि व्यवसायीहरुले लगानी बढाएको अवस्थामा फेरी पेट्रोलियम सवारी साधनहरुमा जस्तै कर लगाउँदा सवारी साधनको मूल्य महँगो पर्न जाने भएकाले व्यवसायीहरुको लगानी डुब्ने खतरा रहेको बताए । उनले कर बढाउँदा सवारी साधनको मूल्य बढ्ने र उपभोक्ताले प्रयोग गर्न नसक्ने हुने भएकाले व्यवसायीहरुको लगानी डुब्ने बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया