बन कार्यालयका प्रमुखलाई भ्रष्ट्राचार विरुद्धको मुद्दा, ६ लाख बिगो सहित आरोप पत्र दायर गरियो

३ बर्ष अगाडि

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसाद उपर भष्ट्राचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेको छ । उनी माथि बिगो रु. ६ लाख सहित आरोप पत्र दायार गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरलाले जानकारी दिए । 

हेर्नुहोस् प्रेस विज्ञप्ती

प्रेस विज्ञप्तिस्( मिति २०७७।०२।१८ गते।

जिल्ला नुवाकोट, डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत १० औं तह जय मंगल प्रसादले खानीसम्बन्धि कामको लागी विभिन्न बरबहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज जय मंगल प्रसादलाई सेवाग्राहीसँग रु.१,००,०००।– (एक लाख) घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय, नुवाकोटका प्रमुख जय मंगल प्रसादले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई आफ्नो पद, ओहोदा र अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने बदनियत मनसाय (ःबबिाष्मभ क्ष्लतभलतष्यल) राखी मोलमोलाई गरी सेवाग्राहीलाई घुसररिसवत दिन बाध्य बनाई चुनढुङ्गा निकासी गर्न छोडपूर्जी दिने शर्तमा घुसररिसवत रु. १,००,०००।– (एक लाख) तत्काल बुझी लिई बाँकी रकम काठमाडौमा दिनु भनी रु. ५,००,०००।– (पाँच लाख) समेत लिन मन्जुर गरी जम्मा रु. ६,००,०००।– (छ लाख) घुसररिसवत लिन मन्जुर गरेको देखिंदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स(प्रमाण पुष्टि भएकोले निज जय मंगल प्रसादलाई बिगो रु. ६,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

३ बर्ष अगाडि

प्रतिक्रिया