थप १६६ जनामा कोरोना सङ्क्रमण , संक्रमितको संख्या १५ सय ६७ पुग्यो

३ बर्ष अगाडि

नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।

मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।

शनिवार एकै दिन १८९ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको उनले पुष्टि गरे।

३ बर्ष अगाडि

प्रतिक्रिया