कोरोनाबाट बच्न भारतबाट मजदुरी गरेर घर फर्केका ११ जनाको दुर्घटनामा मृत्यु

३ बर्ष अगाडि

कोरोना संक्रमणबाट बच्नका भारतबाट घर फर्केका सल्यानका ११ जनाको बाँकेमा गाडी दुर्घटनामा परि निधन भएको छ । 

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा उनीहरुको निधन भएको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले दिएके जानकारी अनुसार भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेको सो गाडी बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना भएको थियो । 

उनका अनुसार दुर्घटनामा घाइते भएका २२ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न नेपालगञ्ज ल्याइएको छ । शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतक सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया