लकडाउनको ढाँचा फर्ने तयारी

३ बर्ष अगाडि

लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित २ जना थिए । लकडाउनको ७० औं दिन अर्थात सोमबार यो संख्या १ हजार ८११ पुगेको छ । 

यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन कोभि–१९ संक्रमण रोकथामको एकमात्र उपाय होइन भन्ने प्रष्ट्याएको छ । 

यो कुरा विज्ञहरुले अपनाउँदै आएपनि सरकारले लकडाउनलाई अपनाउँदै आएको छ । सबैतिरबाट दवाव पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी थालेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले अब विशेषज्ञहरुको राय लिएर मोडालिटी बन्ने र त्यसकोआधारमा सरकार अघि बढ्ने बताए ।


विद्यालय कहिले खुल्ने भन्नेमा अनिश्चित 

शिक्षा मन्त्रालयले आगामी असार १ गतेबाट खुला र दूरशिक्षा माध्यमबाट पठनपाठन गराउने बाटो खोलेको छ । विद्यालय खुल्ने अनिश्चित भएपछि मन्त्रालयले अनलाइन, रेडियो, टिभी, प्रिन्ट लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रवन्ध गरेको हो । 
यसअघि वैकल्पिक विधिबाट पनि कक्षा सञ्चालन गर्न रोक लगाएको मन्त्रालयले असार १ गतेबाट वैकल्पिक विधिहरुबाट विद्यार्थीको सिकाइलाई सहजीकरण गर्न निर्देशिका स्वीकृत गरेको हो । कान्तिपुर दैनिकका अनुसार कोभिड १९ उच्चस्तरीय समिति र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै स्कुलहरु खुल्नेछन् ।

एनसेललाई प्रतिस्पर्धा बिनै फ्रिक्वेन्सी दिइँदै 

नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई प्रतिस्पर्धाबिनै फ्रिक्वेन्सी दिने तयारी गरेको छ । 

प्राधिकरण बोर्ड बैठकले सोमबार एनसेललाई ९ सय र २१ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी दिने तयारी गरेको हो । 
बैठकले नेगोसिएसन गरी एनसेललाई फ्रिक्वेन्सी दिने विषयमा बोर्डमा सहमति भएपनि माइन्युटमा हस्ताक्षर भइनसकेको प्राधिकरणका अध्यक्ष पुरुषेत्तम खनालले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया