मिरुनाको आग्रह : ‘स्वदेश फर्किने नेपालीलाई स -सम्मान स्वागत गरौं’

जेठ २०, २०७७ | आजको अर्थ
ajaako_artha

कोरोना भाइरसको महामारीविरुद्ध लड्न सरकारले गएको २ महिनादेखि देश लकडाउन गरेको छ । नेपालभित्रै रहेका व्यक्ति घरमै सुरक्षित रुपमा बसे पनि रोजगारीको शिलशिलामा छिमेकी मुलुक भारत गएका नेपालीहरु दैनिक हजारौंको संख्यामा स्वदेश फर्किन नाकासम्म आइपुग्ने गरेका छन् । तर, नाका सिल भएका कारण उनीहरु आफ्नै देश आउन पनि सकिरहेका छैनन् । 
 
कति ‘चोरबाटो’ हुँदै स्वदेश फर्किएका छन् भने हजारौं नाकामै अलपत्र छन् । नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश नफर्काएको भन्दै व्यापक आलोचना भएपछि अब सरकारले हरेकको कोरोना परिक्षण गराएर स्वदेश ल्याउने तयारी गरेको छ । यसबीच, अभिनेत्री मिरुना मगरले नेपाल(भारतको नाकाबाट स्वदेश फर्किने सबै नेपालीलाई स्वागत गर्न आग्रह गरेकी छन् । 
 
सोमवार आफ्नो आधिकारिक इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै उनले भनेकी छन्, ‘हामी सबैलाई दुःख पर्दा आफ्नो आमा र आपत्त पर्दा आफ्नो देश अवश्य याद आउँछ । अहिलेको यो आपत्तकालिन परिस्थितिमा हाम्रा नेपाली दाईभाइ दिदीहिनी नेपालको विभिन्न नाकाबाट आफ्नो देशभित्र प्रवेश गरिरहनुभएको छ । उहाँहरुलाई हामी सबै मिलेर स सम्मानका साथ स्वागत गरौं ।’

अभिनेत्री मिरुनाले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीमा कोरोनाको संक्रमण देखिए व्यवस्थित तरिकाले स्वदेशमै रहन दिन पनि आग्रह गरेकी छन् । देश र परिवार सम्झिएर स्वदेश फर्किने नेपालीहरुलाई आफूहरुको माया, साथ, सद्भाव र सहयोगको खाँचो रहेको पनि उनी बताउँछिन् । अभिनेत्री मिरुना अहिले लण्डनमा छिन् । उनको परिवार लामो समयदेखि त्यही बस्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८