२ जना मृत अवस्थामा फेला

३ बर्ष अगाडि

काठमाडौं । बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका २ बस्ने ५४ वर्षीय नारायण साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

सोही ठाउँस्थित जगदम्बा स्टिलको नयाँ सियाराम प्लान्टमा कामगर्ने साहउक्त भवनको मुलगेटमामृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका(४ बाट माहाकुलुङ गाउँपालिका(५स्थित बाटो खनिरहेको दक्षिणकाली ईन्जिनियरीङ कन्ट्रक्सन प्रालिमा कामगर्ने स्काईभेटर चालक सिन्धुली फिक्कल गाउँपालिका ६ बस्ने २१ वर्षीय दिनेशकुमार राई मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

सोही गाउँपालिका ४ स्थित प्रेम कुमार राईको घरमा बेलुका खानाखाईसुतेका उनी सुतेकै ठाँउमा मृत्यु भएको अवस्थामा फेला परेका हुन् । 

यस सम्बन्धमास्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया