पर्सामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अगाडि

पर्सामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

कालिकामाई  गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए । 

संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए । नारायणी अस्पतालमा उनीह?को स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि एको हो ।

उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया