सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार कालिकोटको  नरहरीनाथ गाउँपालिका(१ लालीघाटस्थित सडकमा कर्णाली प्रदेश ०२ (००१ ज ००३० नम्बरको जीपअनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटनाहुँदा जीप चालक रास्कोट नगरपालिका १ बस्ने ४५ वर्षीय डबल बहादुर साहीकोघटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका जीपमा सवार नरहरीनाथ गाउँपालिका ३ बस्ने ५० वर्षीयपुर्ण प्रसाद उपाध्यायलाई उपचारको लागि जिल्ला अस्पताल कालिकोटतर्फ लगिएको छ । 

यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका(६ चौघडास्थित सडकमा बा.२ क ७११० नम्बरको ट्रकले अनटेष्ट लेखिएको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ४८ वर्षीयश्याम फुल बलामीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको गौरादह नगरपालिका १ स्थित सडकमा मे।१ त १९३२ नम्बरको ट्याक्टरको चक्काले किच्दा सोही ट्याक्टरका चालक गौरीगंज गाउँपालिका १ तुलाचन बस्ने २७ वर्षीय जितु राजबंशीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

उक्त स्थानमा बिग्रिएको मे.१ त १९३२ नम्बरको ट्याक्टरलाईतानेर लैजाने क्रममा आफूले चलाएको ट्याक्टरको सिटबाट झर्दा चक्काले किचेर गम्भीर घाइते भएकाराजबंशीको उपचारको लागि दमक लाईफ लाईन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्युभएको हो । दुवैसवारी साधन र मे.१ त ४१६१ नम्बरको ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी धनुषाको मिथिला नगरपालिका ११ चुरेस्थित सडकमा बा.४३ प ३८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदामोटरसाइकल चालक सोही नगरपालिका तुल्सी बस्ने २५ वर्षीय उमेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका.५ फुलजोरस्थित सडकमा ना.८ ख ३०९३ नम्बरको टिपरअनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका टिपरका सहचालक सोही नगरपालिका.७ बस्ने २३ वर्षीय सुजन दनुवारको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका टिपरका चालकलाई त्रिदेब अस्पताल रानीगंज सर्लाही हुँदै थप उपचारको लागि न्यूरो अस्पताल वीरगंज रिफर गरिएको छ । उक्त टिपर ना.४ त ४१२५ नम्बरको ट्याक्टरसँग ठक्कर खाई अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्री ोय समाचार कक्षले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया