जयाले अमिताभका खातिर गरेकी थिइन् ‘जंजीर’

३ बर्ष अगाडि

अभिनेता अमिताभ बच्चनले बलिउड इन्डस्ट्रीमा दशकदेखि राज गरिरहेका छन् । उनले कयौं सानदार फिल्ममा आफ्नो जीवन्त अभिनय पस्किएका छन् । तर, के तपाईंहरुलाई यो थाहा छ कि उनको करिअर उठाउने त्यो कुन फिल्म हो, जसले उनलाई बलिउडको ‘शहंशाह’ बनायो रु ११ मे १९७३ मा प्रदर्शन भएको फिल्म ‘जंजीर’ ले उनको करिअर रातारात चम्काएको थियो । 
 
यो फिल्ममा अभिनेता बच्चनको अपोजितमा अभिनेत्री जया बच्चनले अभिनय गरेकी थिइन् । ‘जंजीर’ फिल्मका लागि निर्देशक प्रकाश मेहरा एक परिचित अनुहारको खोजीमा थिए । देव आनन्दपछि राज कुमारले यो फिल्म गर्न अस्वीकार गरेपछि अमिताभको हातमा परेको थियो, ‘जंजीर’ । उनी फिल्ममा अनुबन्ध भएपछि फिल्मको टिमबीच अभिनेत्रीलाई लिएर मन्थन सुरु भयो ।
 
त्यसबेला अमिताभ बच्चन इन्डस्ट्रीका लागि परिचित अनुहार थिएनन् । यही कारण त्यसबेलाका चल्तीका अभिनेत्रीले उनीसँग काम गर्न अस्वीकार गरे । यसपछि ‘जंजीर’ का लेखक सलीम खानले जया भादुडीसँग भेट गरे । उनलाई जया र अमिताभको सम्बन्धको बारेमा थाहा थियो । सलीमले फिल्ममा अमिताभ बच्चनले अभिनय गर्न लागेको सुनाएपछि जया फिल्म गर्न राजी भएकी थिइन् । 
 
‘जंजीर’ सुपरहिट भएपछि अभिनेता अमिताभ बच्चनको किस्मत हरेक तरिकाबाट चम्कियो । यसपछि उनले करिअर कहिल्यै फर्केर हेर्नुपरेन । फिल्म सुपरहिट भएपछि अमिताभले जयासँग विवाह गरे र विदेश घुम्न निस्किए । फिल्मी पर्दामा यो हिट जोडीले आज वास्तविक जिन्दगीमा पनि हर कोहीका लागि एक उदाहरण पेश गरेको छ । उनीहरुको आज ४७औं विवाहउत्सव हो । 

 


३ बर्ष अगाडि

प्रतिक्रिया