पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

३ बर्ष अगाडि

पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा क्रोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ बर्षिय युवक रहेका छन् भने पाल्हीन्दन गाउँपालिका वडा १ का २५ बर्षिय पुरुष, वडा २ का २१ बर्षिय, वडा ३ का ३४ बर्षिय, वडा ४ का २९ बर्षिय र वडा ६ का २०, २१ र ३४ बर्षिय पुरुषहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया