विद्युतीय सवारी साधनमा कर बढाएपछि त्यसको व्यापक विरोध

३ बर्ष अगाडि

विद्युतीय सवारी साधनमा कर बढाएपछि अहिले त्यसको व्यापक विरोध भइरहेको छ । 

विद्युतीय सवारीको कर बढ्दैछ भन्ने सूचना चुहाएर अर्थमन्त्रीले विद्युतीय गाडी भित्र्याउन चलखेल गरेको भन्दै प्रश्न समेत संसदमा उठेको छ ।
 
एकातिर वातावरण प्रदूषण कम गर्न र विद्युतीय खपत बढाउन विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने भनेको सरकारले अर्कोतर्फ यस्ता सवारी साधनमा कर बढाएर निरुत्साहन गर्न खाजेको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् । 

यता अर्थमन्त्रीले मन्त्रालयबाट सूचना चुहाउन सम्भव नभएको भन्दै स्पष्टिकरण समेत दिएका थिए । उसो त हरेक बजेट अघि कर बढ्ने अनुमानले सवारी साधनहरु भित्रने गरेका छन् । 

भन्सार महसुल १० प्रतिशतमात्र लाग्ने गरेको विद्युतीय सवारीमा अब  अन्तशुल्क पनि लाग्ने व्यवस्था बजेटले गरेको छ । आगामी आर्थिक वर्ष ९२०७७÷७८० को बजेटले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म  अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । 

गाडीमा प्रयोग भएको ब्याट्री पावरका आधारमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अन्तशुल्क लाग्छ । सरकारले बिद्युतिय गाडीमा अन्तशुल्क लगाएर इन्धनको सवारी साधन प्रयोगमा प्रोत्साहन गरेको आरोप छ । 

इन्धनको सवारी साधनमा इन्जिन क्षमता अनुसार अन्तशुल्क लाग्छ । अहिले इन्धनको सवारीमा ८० प्रतिशत भन्सार महसुल  छ भने ६० देखि सय प्रतिशतसम्म अन्तशुल्क लाग्दै आएको छ । यद्यपि, यो बजेटले भने इन्धनबाट चल्ने सवारी साधनको  करमा फेरबदल गरेको छैन । 

सवारी साधनमा लाग्ने कर यतिमा मात्र सीमित छैन । मूल्य अभिवृद्धि कर (भ्याट)र  सडक कर समेत लाग्ने गरेको छ । मूल्य अभिवृद्धि कर दुबैमा १३ प्रतिशत लाग्छ भने सडक कर विद्युतीय सवारीमा पाँच प्रतिशत र इन्धनबाट चल्ने सवारीमा ८ प्रतिशत लाग्छ । 
करको फरक कति छ ?
 
भन्सार शुल्क 

विद्युतीय सवारी साधनमा ५० देखि ३ सय वाट र त्यसभन्दा माथिका सबै सवारी साधनमा ८० प्रतिशत भन्सारदर कायम गरिएको छ । यसअघि १० प्रतिशत थियो । यस्तै सबै खालको मोटर पार्टसमा २० प्रतिशत छ ।  यता सबै  खालको क्षमता भएको सवारी साधनको भन्सारदर ८० प्रतिशत हो । 

अन्तशुल्क 

कार, जीप, भ्यानको (तीन पांग्रे)  ५ प्रतिशत, ५० किलोवाटसम्मको ३० प्रतिशत, ५० देखि १०० किलोवाट सम्मको ४० प्रतिशत, सय देखि १५० किलोवाटको  ५० प्रतिशत र १५० देखि २०० किलोवाट सम्मको ६० प्रतिशत अन्तशुल्क लाग्ने व्यवस्था बजेटले गरेको छ । यसैगरी २०० किलोवाट भन्दा माथिको ३०० किलोवाट र ३०० किलोवाटभन्दा माथिको ८० प्रतिशत   अन्तशुल्क लाग्दछ । 

इन्धनबाट चल्ने कारमा हजार सीसीसम्म ६० प्रतिशत, हजारदेखि १५ सय सिसिसम्म ६५ प्रतिशत, १५ सय देखि २ हजार सिसिसम्म ७० प्रतिशत, २ हजारदेखि २५ सय सिसिसम्म ८० प्रतिशत,  २५ सय देखि  ३ हजार सिसिसम्म ९० प्रतिशत र  ३ हजार सिसिभन्दा माथिको सय प्रतिशत अन्तशुल्क लाग्दछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया