अक्षय कुमारको वार्षिक कमाई कति ?

३ बर्ष अगाडि

सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका छन् । 
 
भारतमा सबैभन्दा बढी कमाई गर्ने अभिनेताको रुपमा चिनिने उनले फोर्ब्सको विश्वका सय सबैभन्दा धेरै कमाउने कलाकारको सूचीमा पनि आफ्नो नाम लेखाएका छन् । जसमा उनले हलिउडका कयैन् ठूला स्टारलाई उछिनेका छन् । फोर्ब्सको रिपोर्ट अनुसार, अक्षय कुमार एक मात्र भारतीय अभिनता हुन्, जसको नाम २०२० हाइएस्ट पेड एक्टरको लिस्टमा सामेल भएको छ ।
 
फोर्ब्स २०२० को हाइएस्ट पेड सेलेबको लिस्टमा उनको नाम ५२औं स्थानमा छ । कमाईको मामलामा उनले विल स्मिथ, जेनिफर लोपेज र इन्टरनेशनल टप पप स्टार रिहानालाई समेत पछाडि छाडेका छन् । फोर्ब्स रिपोर्टका अनुसार, अक्षयले वर्षमा ४८.५ मिलियन डलर कमाई गर्ने गरेका छन् । अघिल्लो वर्ष पनि उनी सबैभन्दा धेरै कमाई गर्ने फोर्ब्सको सूचीमा परेका थिए ।
 
यो वर्ष किम कार्दशियनकी बहिनी काइली जेनरले फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलेबको लिस्टमा टप गरेकी छन् । काइलीले वर्षमा ५ सय ९० मिलियन डलर कमाई गर्ने गरेको फोर्ब्स रिपोर्टमा उल्लेख छ । त्यस्तै, किम कर्दाशियनका पति कान्ये वेस्ट दोस्रो र उनी स्वयं भने ४८औं नम्बरमा छिन् । फोर्ब्सको यो लिस्टमा प्रियंका चोपडाका पति निक जोनस पनि परेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया