असार १ देखि ह्विस्कीको नयाँमूल्य, कुन ह्विस्कीको मूल्य कति ?

जेठ २४, २०७७ | आजको अर्थ
ajaako_artha

नेपालका दुई चर्चित ह्विस्की उत्पादक कम्पनीले असारदेखि नयाँ मूल्य कायम गर्ने भएका छन् । 

विजय डिष्टिलरी प्राली नवलपरासी र हिमालयन डिष्टिलरी बीरगञ्जले आफूले उत्पादन गर्ने  ह्विस्की नयाँ मूल्यमा बजारमा ल्याउने भएका हुन् । 

विजय डिष्टिलरीले ब्ल्यू डाइमण्ड तथा हिमालयनले गोल्डेन वक र ब्ल्याक वक ह्विस्की उत्पादन गर्दै आएका छन् । 
कम्पनीले दिएको जानकारी अनुसार असार १ देखि ब्ल्यू डाइमण्ड ह्विस्की ७ सय ५० मिलि लिटरको ९ सय २० रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।  त्यसैगरि ३ सय ७५ र १ सय ८० मिलिटिरको क्रमशः ४ सय ६० र २ सय ३० रुपैयाँ क्रमशः तोकिएको छ । 
उता गोल्डेन वक ७ सय ५० मिलिलिटरको ९ सय २० र ब्ल्याक वक ह्विस्की ७ सय ५० मिलिलिटरको १ हजार १ सय २० रुपैयाँ तोकिएको छ। सो मूल्य उपभोक्ताले खरिद गर्न सक्ने मूल्य हो । 

दुवै कम्पनीले बिक्रेतालाई छुट्टै कमिशन दिने व्यवस्था गरेका छन् ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८