अर्घाखाँचीमा थप एक जनामा संक्रमण पुष्टि , कूल सख्या ५ पुग्यो

३ बर्ष अगाडि

बुटवल। अर्घाखाँचीमा शनिवार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसहित त्यअर्घाखाँचीमा संक्रमितको संख्या ५ जना पुगेको छ ।   

जिल्लाको छत्रदेव  छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका  ४९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार संक्रमित ब्यक्ति भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए ।

यसभन्दा अगाडि पाणिनी गाउँपालिका पालीको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भूमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो  । उनको पिसिआर रिपोर्ट  पोजेटिभ आएको थियो। 

शनिवार कोरोना संक्रमित  भएका व्यक्तिलाई आजै सदरमुकाम सन्धिखर्कको आईसोलेशनमा पठाइएको छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया