विश्वभर एकैदिनमा १ लाख २६ हजार ९१ कोरोना संक्रमित थपिए, ४ हजार बढीको मृत्यु

३ बर्ष अगाडि

विश्वभर फैलिएको कोरोना भाइरसको सङक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभरमा ४ हजार १ सय ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा ९१० को ज्यान गएको छ ।

सोही अवधीमा अमेरिकामा ७०६, मेक्सिकोमा ६२५, भारतमा २९७, बेलायतमा २०४ कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा कोरोनाले मृत्यु भएको छ । 

साथै  विश्वभरमा १ लाख २६ हजार ९१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा २७ हजार ५८१ संक्रमित थपिएका छन् भने अमेरिकामा २४ घण्टामा २२ हजार ७५३ संक्रमित थपिएका छन् । 

भारतमा १० हजार ४३८ तथा रुसमा ८ हजार ८५५ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया