कोरोना असरः भम्रण आयमा भारी गिरावट

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसले उव्जाएको परिस्थीतिका कारण नेपालमा विदेशी पर्यटक नआउँदा भ्रमण आयमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार चालु आवको बैशाखसम्म विदेशी पर्यटक मार्फत हुने आम्दानी १२.४ प्रतिशतले घटेको छ । 
बैशाखसम्म विदेशी पर्यटक मार्फत ५६ अर्ब ६२ करोड आम्दानी भएको छ । जुन गत आवको सोही अवधीको तुलनामा ८ अर्ब बराबरले कमी हो । गत आवको बैशाखसम्म विदेशी पर्यटक मार्फत रु. ६४ अर्ब ६१ करोड आम्दानी भएको थियो ।
यस्तै, समीक्षा अवधिमा भ्रमण व्यय पनि ३१.३ प्रतिशतले घटी रु.५० अर्ब ८० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.२४ अर्ब ८६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७३ अर्ब ९८ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३७ अर्ब ६७ करोड रहेको राष्ट्र बैंकको भनाइ छ । 
बिशेषगरि राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत बैदेशिक भ्रमण र बैदेशिक अध्ययनमा दिइने नोट सटही सुविधालाई कडाई गरेको छ । फलस्वरुप भ्रमण र शिक्षाको नाममा नेपालबाट बाहिरीने विदेशी मुद्रामा कमी आएकोहो ।

३ बर्ष अगाडि

प्रतिक्रिया