अरुण भ्याली हाइड्रोको नाफा बढ्यो, कति छ खुद नाफा ?

३ बर्ष अगाडि

काठमाडौं – अरुण भ्याली हाइड्रो पावर कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. ५ करोड ७९ लाख ८८ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चैतसम्मको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीको यो नाफा गत आवको सोही अवधीको तुलनामा ३९ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा कम्पनीले रु. ४ करोड १७ लाख ४३ हजार खुद नाफा कमाएको थियो । 
कम्पनीले समिक्षा अवधीमा विद्युत बिक्री  सहित गरेर १० करोड ४० रुपैयाँ आम्दानी गरेको छ । गत बर्षको सो अवधीमा कम्पनीले ७ करोड २४ लाख ८७ हजार आम्दानीगरेको थियो । 
हाल कम्पनीको चुक्तापुँजी रु. ९३ करोड ३० लाख रहेको छ । कम्पनीले जगेडा कोषमा भने रु. ६ करोड ६८ लाख ६५ हजार जम्मा गरेको छ । 
वित्तिय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी ८.२५ रुपैयाँ रहेको छ । यस्तै, प्रतिशेयर नेटवर्थ ११४.५४, तरलता अनुपात २.३७, प्रतिशेयर कुल सम्पत्ति २१८.६१, मुल्य आम्दानी अनुपात ११.२२ रहेको कम्पनीको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया